मेक्सिकोमा सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्धमा थप कडाइ, पसलभित्र चुरोट देखाउन नपाइने
मेक्सिको सिटी। मेक्सिकोले सार्वजनिक स्थानमा धुम्रपानमा पूर्ण प्रतिबन्ध लगाएर विश्वको सबैभन्दा कडा सूर्तिजन्य पदार्थ विरोधी कानून लागू गरेको छ।
सन् २०२१ मा पहिलो पटक स्वीकृत भएको यो कानुनमा सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध पनि समावेश छ। धेरै अन्य ल्याटिन अमेरिकी देशहरूले पनि धुम्रपान मुक्त सार्वजनिक स्थानहरू सिर्जना गर्न कानून पारित गरेका छन्।
मेक्सिकोको कानूनलाई उत्तरी अमेरिकामा सबैभन्दा बलियो र व्यापक मानिन्छ। यो संसारमा सबैभन्दा कडा धुम्रपान विरोधी कानूनहरू मध्ये एक हो।
मेक्सिकोको २००८ को विद्यमान कानुनले बार, रेस्टुरेन्ट र कार्यस्थलहरूमा धुमपान–मुक्त ठाउँहरू घोषणा गरेको थियो। अब सबै सार्वजनिक स्थानहरूमा यो प्रतिबन्धमा विस्तार गरिएको छ । पार्क, बीच, होटल, कार्यलय र रेस्टुरेन्टहरुमा पनि यस्तो प्रतिबन्ध लाग्नेछ।
सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा पनि पूर्ण प्रतिबन्ध लगाइने छ। अर्थात् पसलभित्र चुरोट देखाउन पाइने छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment