चीनको अर्थतन्त्रमा कडा कोभिड नीतिको प्रभाव, २०२२ मा वृद्धि दर तीन प्रतिशत मात्रै
काठमाडौं । गत वर्ष चीनको अर्थतन्त्र झण्डै आधा शताब्दीमा दोस्रो पटक सबैभन्दा सुस्त दरमा बढेको थियो। यो देशको कडा कोरोनाभाइरस नियमहरूले व्यवसायहरूलाई कसरी असर गरेको छ भन्ने संकेत हो।
आधिकारिक तथ्याङ्क अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२२ मा तीन प्रतिशतको दरले वृद्धि भएको छ । यो चिनियाँ सरकारले तोकेको ५.५ प्रतिशत लक्ष्यभन्दा निकै कम हो । यद्यपि, धेरै अर्थशास्त्रीहरूले चीनको लागि अझ कम वृद्धि दरको भविष्यवाणी गरेका थिए।
गत महिना, चीनले आफ्नो कडा शून्य-कोविड नीतिमा नरमपन देखाएको थियो।
चीनको यो नीतिले देशको आर्थिक गतिविधिमा ठूलो प्रभाव पारेको थियो तर कोभिड नियम एक्कासी खुकुलो पार्दा कोरोनाका केस पनि बढेका छन् । जसका कारण सन् २०२३ को प्रारम्भिक महिनामा वृद्धिदरको जोखिम पनि बढेको छ ।
गत वर्ष चीनको आर्थिक वृद्धिदर सन् १९७६ यताकै सबैभन्दा कमजोर थियो। अर्थशास्त्रीहरूले हालैका महिनाहरूमा विश्वव्यापी अर्थतन्त्रको अवस्थाबारे चेतावनी दिएका छन्।
गत हप्ता, विश्व बैंकले विश्वव्यापी अर्थतन्त्र “चिन्ताजनक रूपमा मन्दीतर्फ गइरहेको” भनेको थियो। युक्रेनमा रुसको युद्ध र कोरोना महामारीको प्रभावका साथै अन्य धेरै कारण यसका पछाडि जिम्मेवार रहेको बताइएको छ ।







डिसी नेपाल







Facebook Comment