सन् १९६१ पछि पहिलो पटक चीनको जनसङ्ख्यामा गिरावट
काठमाडौं । चीनको जनसंख्या विगत ६० वर्षमा पहिलो पटक घटेको छ । पछिल्लो तथ्यांक अनुसार चीनमा प्रति हजार महिलामा जन्मदर ६.७७ मा झरेको छ ।
सन् २०२२ मा चीनको जनसंख्या १.४११८ बिलियन थियो। सन् २०२१ को तुलनामा ८ लाख ५० हजारले घटेको छ । चीनमा वर्षौंदेखि जन्मदर घट्दै गएकोले देशमा नीतिगत परिवर्तन गर्नुपरेको थियो ।
जनसङ्ख्यामा नकारात्मक असर देखेर चीनले सात वर्षअघि ‘एक सन्तान नीति’ अन्त्य गरेको थियो ।
चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार सन् २०२२ मा यहाँको जन्मदर ७.५२ मा झरेको थियो ।
गत वर्ष चीनमा जन्मिनेभन्दा बढी मृत्यु भएको थियो ।
गत वर्ष, चीनले १९७६ पछि सबैभन्दा उच्च मृत्यु दर रेकर्ड गर्यो, जुन प्रति एक हजार जनसंख्या ७.३७ थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment