एमालेका नेम्वाङले प्रस्ताव गरे घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव

डिसी नेपाल
५ माघ २०७९ १२:०४
196
Shares

काठमाडौं। एमाले सांसद सुवासचन्द्र नेम्वाङले पार्टीका सांसद देवराज घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका छन्।

लामो राजनीतिक इतिहास भएका घिमिरेले प्रतिनिधिसभालाई राम्रोसँग सञ्चालन गर्नसक्ने भन्दै सबैलाई सहयोग गरी निर्वाचित गराउन आग्रह गरेका छन्। नेम्वाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका छन्। घिमिरे सत्तागठबन्धनबाट साझा उम्मेदवार हुन्।

घिमिरेका समर्थक माओवादीका सांसद हितराज पाण्डेले सम्बोधन गरिरहेका छन्। उनले प्रतिनिधिसभाको सभामुखमा घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्दै नेम्वाङले गरेको प्रस्तावको समर्थन गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *