सिके राउतको प्रश्न- पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो?

डिसी नेपाल
५ माघ २०७९ १३:५३
100
Shares

काठमाडौं। जनमत पार्टी संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्नुपर्ने बताएका छन्। बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न कुन कानुनले रोकेको भन्दै प्रश्न गरे।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रक्रियामात्र सीमित नरहन सुझाव दिँदै उनले भने, ‘साइकल वा मोटरसाइकल दुर्घटना भयो भने तत्कालै पक्राउ गरेर छानबिन थालिन्छ । तर, पुराना विमान चलाउने, चलाउन अनुमति दिनेलाई किन कारबाही हुँदैन?’

गत १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो। उक्त दुर्घटनाका विषयमा जारी प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्ने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *