कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु

डिसी नेपाल
७ माघ २०७९ १४:३१
104
Shares

कपिलवस्तु। यहाँ बस पल्टिँदा एक जनाको मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज लु १ ख ४२२६ नं को बसले ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकलयात्री कहारलाई ठक्कर दिएको हो। लु ४ त ५४११ नं को ट्याक्टरले ठक्कर दिँदा साइकलयात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए।

बसमा सवार छ जना र ट्याक्टरमा सवार दुई जना घाइते भएका छन्। बस र ट्याक्टर चालक फरार रहको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *