टुँडिखेलमा सोनाम ल्होछारको विशेष कार्यक्रम (फोटोफिचर)
काठमाडौं। सोनाम ल्होछारको अवसरमार काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।
आइतबार दिउँसो कार्यक्रमस्थल टुँडिखेलमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सोनाम ल्होछार समारोहको उद्घाटन गरेका छन्।

विश्वका विभिन्न मुलुकमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ सङ्घसंस्थाले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन्। तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ। यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ।

ल्होछार नेपालमा मात्र नभइ चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिङ्गापुरलगायतका मङ्गोल्चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशमा मनाइन्छ।












No ads found for this position

डिसी नेपाल
Facebook Comment