हरियो स्याउ खानुभएको छ ? यस्ता छन् फाइदाहरु

डिसी नेपाल
९ माघ २०७९ १५:१४

काठमाडौं । स्याउ खानुको फाइदाबारे तपाईले धेरै पटक सुन्नु भएको होला । दैनिक एउटा स्याउ खाएमा डाक्टरकहाँ जानु पर्दैन भन्ने पुरानो भनाइ पनि सबैले भन्ने गरेको सुन्नु भएको होला। स्याउमा धेरै पोषक तत्वहरू हुन्छन्, जसले हाम्रो शरीरलाई फिट राख्छ र रोगहरूबाट बचाउँछ।

के तपाईलाई थाहा छ रातो स्याउ भन्दा हरियो स्याउ खानु धेरै फाइदाजनक हुन्छ । हरियो स्याउले मधुमेह लगायतका धेरै गम्भीर रोगबाट बच्न सकिन्छ ।
पछिल्लो समय हरियो स्याउ खाने चलन पनि ह्वात्तै बढेको छ । मानिसहरु यो स्याउ बढी खान रुचाउन थालेका छन् । बजारमा हरियो स्याउ सजिलै पाइन्छ । हरियो स्याउ जति आकर्षक देखिन्छ, खान पनि उत्तिकै स्वादिष्ट हुन्छ ।

हरियो स्याउ एकचोटि खाँदा बारम्बार खाने मन लाग्छ । यदि तपाईंले अहिलेसम्म हरियो स्याउ प्रयोग गर्नुभएको छैन भने, एक पटक यसलाई खानुहोस् । यसले तपाईलाई स्वादिलो ​​मात्र नभई तपाईको स्वास्थ्यका लागि पनि धेरै फाइदा पुर्‍याउँछ। आज हामी तपाईलाई हरियो स्याउका स्वास्थ्य लाभका बारेमा बताइरहेका छौँ ।

हरियो स्याउ अलिअलि अमिलो हुने गर्दछ, तर पोषकतत्व, खनिज र भिटामिनले भरिपूर्ण हुन्छ । यसमा उच्च फाइबर हुने भएकाले शरीरको मेटाबोलिज्म बढाउन मद्दत गर्दछ ।

हरियो स्याउ खानुका फाइदाहरुः

हरियो स्याउ भिटामिन ए, भिटामिन सी, क्याल्सियम र आइरनको राम्रो स्रोत मानिन्छ। वेब एमडीको रिपोर्टका अनुसार यसमा पाइने पोषक तत्वले मुटुको स्वास्थ्यमा सुधार गर्छ र हृदयाघातको जोखिम कम गर्छ । यसमा डाइटरी फाइबर हुन्छ, जसले खराब कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ। यदि तपाई मुटु रोगी हुनुहुन्छ भने चिकित्सकको सल्लाह लिएर हरियो स्याउको सेवन गर्न सक्नुहुन्छ ।

हरियो स्याउको नियमित उपयोगले धुम्रपान गर्नेहरुको हत हटाउन सकिन्छ । यसको जुस पिउनाले मानव स्वास्थ्यलाई अझ फाइदा हुन्छ ।

हरियो स्याउमा हुने एन्टी अक्सिडेन्ट, भिटामिन ए, भिटामिन सी एवं फिनोल तत्वले समयभन्दा पहिले बुढो हुनबाट बचाउँदछ । शरीरमा हुने फ्री रेडिकल्सले चाउरीपना, डार्क सर्कलहरु निम्त्याउने गर्दछ । यसको उपयोगले शरीरमा फ्री रेडिकल्ससँग लड्ने प्रतिरक्षा विकास हुन्छ र यसबाट हुने प्रभावबाट बचाउने गर्दछ ।

हरियो स्याउको रसले रगत जम्नलाई मद्दत गर्दछ । यस्तो स्याउहरु नियमित खानाले घाउ छिटो ठिक हुने गर्दछ ।

हरिया स्याउ फाइबरले भरिपूर्ण हुनुका साथै, चिल्लोको मात्रा, सुगर र सोडियम पनि कम हुने गर्दछ । यसमा क्यालोरी बर्निङ ९जलाउने० क्षमता पनि अधिक हुन्छ, जसकारण यसले तौल घटाउन मद्दत गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *