नेपाल प्रहरीको प्रवक्तामा डिआइजी पोषराज पोखरेल
काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डिआइजी)पोषराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकेको छ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायव महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो।
प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले आफूले नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने क्रममा संचारकर्मीहरुलगायत सम्बन्धित सबैबाट पुर्याएको सहयोग र समन्वयको लागि धन्यवाद दिएका छन्।
प्रहरी नायव महानिरीक्षक पोखरेललाई ९८५१२-९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment