क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु
क्यालिफोर्निया। क्यालिफोर्नियामा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ।
चन्द्रमान नयाँ वर्षमा एक व्यक्तिले गोली हानेर १० जनाको हत्या गरेको दुई दिनपछि पछिल्लो गोलाबारीको घटना भएको हो। मोन्टेरे पार्कमा भएको सामूहिक हत्याको शोक मनाइरहेका बेला अर्को गोलीकाण्ड भएको हो।
पछिल्लो आक्रमणहरू सान फ्रान्सिस्कोको दक्षिणमा ३० माइल (५० किलोमिटर)दक्षिणमा रहेको हाफ मुन बेको तटीय सहरमा दुई छुट्टाछुट्टै स्थानहरूमा भएको हो।
आक्रमणकारी ६७ वर्षीय झाओ चुन्ली रहेको बताइएको छ। आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment