आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

डिसी नेपाल
१० माघ २०७९ १३:५६
284
Shares

इस्लामाबाद। आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह हल चाँडै बन्द गर्ने घोषणा गरेको छ। अर्थतन्त्रलाई पुनरुत्थान गर्न संघर्ष गरिरहेकोले ऊर्जा संरक्षण योजनाअन्तर्गतका उपायहरूको एक भागको रूपमा सरकारले पछिल्लो कदम चालेको हो।

ऊर्जा बचत र आयातित तेलमा निर्भरता घटाउन राष्ट्रिय ऊर्जा संरक्षण योजना स्वीकृत गरेको जानकारी दिँदै रक्षामन्त्री ख्वाजा आसिफले बजारहरू बेलुका ८ः३० बजे र विवाह हलहरू १० बजेभित्र बन्द हुने बताए।

थप उपायहरु घोषणा गर्दै तीब्र उज्यालो दिने बल्बहरुको निर्माण फेब्रुवरी १ देखि बन्द हुने र असक्षम फ्यानहरुको उत्पादन जुलाईदेखि बन्द हुने उनले बताए।

सरकारले एक वर्षभित्र कोनिकल गिजरको प्रयोगलाई पनि अनिवार्य गर्ने भएको छ, जसले अर्बौ रुपैया  जोगाउने र सडक वत्तिको वैकल्पिक प्रयोग गर्नेछ। योजना अन्तर्गत सबै सरकारी भवन र कार्यलयले उर्जाको प्रयोग घटाउने र घरबाट काम गर्ने योजना १० दिनभित्र पूरा गरिने जनाइएको छ ।

पाकिस्तानबासीले बारम्बार विद्युत् कटौतीको समेत सामना गरेका छन्। राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको थियो।

राष्ट्रिय ग्रिडमा प्राविधिक समस्या देखिएपछि विद्युत् कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको थियो। विद्युत् प्रवाह अबरुद्ध हुँदा कराँची, इस्लामावाद, लाहोर र पेशावरलगायत सबै प्रमुख सहरमा विद्युत् बन्द भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *