फिनल्याण्डका राष्ट्रपति किभमा, जेलिन्स्किीसँग युक्रेनको सुरक्षाबारे छलफल
किभ। युक्रेन र फिनल्याण्डका राष्ट्रपतिका बीचमा मङ्गलबार भेटवार्ता भएको छ। उनहिरुका बीचमा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ।
फिनल्याण्डका राष्ट्रपति साउदी निनिस्टो हाल युक्रेन भ्रमणका क्रममा राजधानी किभमा छन्। यसै क्रममा उनीहरुका बीचमा दुई पक्षका बीचमा भेटवार्ता भएको थियो र सो वार्ताका क्रममा खासगरी युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको थियो।
त्यस भेटका क्रममा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलिन्स्किीले युक्रेनलाई फिनल्याण्डले गर्दै आएको सैन्य तथा अन्य सहयोगका लागि धन्यवाद ज्ञापन गरेको समाचारमा जनाइएको छ ।
युक्रेनलाई युरोपियन युनियनले पनि सोमबार मात्र थप सैन्य सहयोग उपलब्ध गराएको थियो। सो सहयोग पचास लाख युरोभन्दा पनि बढी रहेको बताइएको छ।
सोमबार सो विषयमा युरोपियन युनियनले जानकारी दिएको थियो। यसअघि पनि युक्रेनलाई सहयोग दिँदै आएकामा युरोपियन युनियनका विदेश मन्त्रीहरुको बैठकपछि पचास लाख युरोभन्दा बढी सैन्य सहयोगको घोषणा युरोपियन युनियनले सोमबार गरेको हो।







डिसी नेपाल







Facebook Comment