नेकपा एसको सचिवालय बैठकमा के-के भयो ?

डिसी नेपाल
१९ माघ २०७९ १७:३९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक मार्फत देशको समसामयिक स्थिति, सरकार लगायतका बिषयमा धारणा बनाउने तयारी गरेको छ ।

पार्टी कार्यालयमा बिहीबार बसेको समाजवादीको सचिवालय बैठकमा माघ २१ र २२ गते केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा छलफल भएको र सोहि बैठकले मुलुकको पछिल्लो राजनीतिक तथा समसामयिक स्थिति र सरकारका बारेमा निर्णय लिने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल भएको र परिमार्जन गरि प्रस्तुत गर्ने निर्णय भएको उहाले बताए ।

प्रवक्ता खतिवडाले संगठन निर्माण , व्यवस्थीत तथा पुर्नगठन, पार्टीका सवै तहका कमिटीहरुलाई अधिवेशन गर्ने दिशातर्फ लाने लगाएतका बिषयका कार्ययोजना बनाइएको र अन्तिम रुप दिन बाँकी रहेको जानकारी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *