अहिले नै राजनीतिक समीकरण नफेरिने प्रधानमन्त्रीको दाबी, धैर्यता राख्न रास्वपासँग आग्रह

डिसी नेपाल
१९ माघ २०७९ १७:५६
276
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले अदालतको फैसलाको पूर्णपाठ नआएसम्म धैर्यता राख्न रास्वपासँग आग्रह गरेको छ।

बिहीबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी स्थायी कमिटी बैठकले मुद्दाको विषय बाँकी भएकाले धैर्यता राख्न आग्रह गरेको हो।

बैठकपछि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिले नै राजनीतिक समीकरण नफेरिने दाबी गरे। बाहिर चर्चा चलेजस्तो केहि नहुने र आफुले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि नलिने उनले बताए।

त्यस्तै माओवादी प्रवक्ता कृष्ण बहादुर महराले रास्वपाले धैयर्ता राख्नुपर्ने माओवादीको धारणा रहेको बताए। उनले अहिले गठबन्धनमा कुनै असर नपर्ने पनि बताए।

प्रवक्ता महराले प्रचण्डको व्यस्तता र गृहकार्य गर्न बाकि रहेकाले शुक्रबार बस्ने गरि स्थायी कमिटी बैठक सकिएको जानकारी दिए।

यसअघि स्थायी कमिटी बैठक बिहीबार नै सम्पन्न गर्ने माओवादी तयारी थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *