ओली निवासमा मध्यराति को थियो त्यो ‘दलाल’ जसले रविलाई भुल्यायो ?
काठमाडौं। नेपालको राजनीतिमा तलमाथि हलचल भइरहँदा व्यापारी र दलालहरुको भूमिका पनि चर्चामा आइरहन्छ।
तरलताको अवस्थामा दलालहरुको भूमिका के हुन्छ र तिनले कस्तो नतिजा दिन्छन् ? भन्ने कुरा भने सधैं रहस्यको गर्वमै हुन्छ । यस्तै रहस्यमय उपस्थितिसहित एक व्यक्ति केपी ओलीको बालकोटस्थित निवासमा माघ १२ गते मध्यराति प्रवेश गरेका थिए।
उच्च सुरक्षा स्रोतका अनुसार, ती व्यक्ति बेला बेला ओली निवासमा झुल्किने गरेकाले सुरक्षाकर्मीले उनलाई रोकेनन्।
गेटदेखि नै सम्माननीयज्यूसँग मिटिङकाे लागि आएको भन्दै भित्र छिरेका उनी पूर्वप्रधानमन्त्री केपी ओली र रास्वपाका अध्यक्ष तथा त्यसबेलासम्मका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुराकानी गरिरहेको कक्षमा पुगेका थिए।
गेटदेखि नै सम्माननीयज्यूसँग मिटिङकाे लागि आएको भन्दै भित्र छिरेका उनी पूर्वप्रधानमन्त्री केपी ओली र रास्वपाका अध्यक्ष तथा त्यसबेलासम्मका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुराकानी गरिरहेको कक्षमा पुगेका थिए।
यो त्यही रात थियो रविका लागि यसपटकको सत्ताको अन्तिम रात। भोलिपल्ट अर्थात् माघ १३ गते रवि लामिछानेको नागरिकताको बैधानिकताबारे सर्बोच्च अदालतमा परेको मुद्दाको अन्तिम फैशला हुँदै थियो। संबैधानिक इजलासमा ५ जना बरिष्ठताक्रमअनुसार प्रधानन्यायाधीशदेखि अन्य न्यायाधीशहरु तोकिइसकेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुको उच्चस्तरीय टीममा चलेको चर्चाअनुसार, आफ्नो पक्षमा पर्याप्त आधार र कारण भए पनि सर्बोच्चले केही कथम् मुद्दा हराइहाले के गर्ने भन्ने रणनीति तयार गर्न बसेका एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछानेको बीचमा पसेका ती व्यक्तिले माहौल नै फरक पारिदिए।
उनले मुद्दा रविले सजिलै जित्ने र त्यसका लागि प्रधानन्यायाधीशसहित बहुमत न्यायाधीशहरुको जिम्मेवारी आफूले लिने बचन दिए। त्यसका लागि आफू सक्षम रहेको भन्दै प्रधानन्यायाधीश र न्यायाधीशहरुसँग आफ्नो विगतदेखिको सम्बन्ध र डिलिङ पनि तिनले बताए। भोलि के हुने हो के? भन्ने अन्यौलमा रहेका दुई नेताहरुलाई तिनले गर्छ कि क्या हो जस्तै पनि बनाए।
अवस्था यस्तो आयो कि दुई नेताले अरु रणनीति बनाउने समय र अवसर नै उनीतिर मोडिएर सकियो। तर, भोलिपल्ट अदालतले एकमतले रविको विपक्षमा आदेश दियो।
सांसद पद खारेज गरिदियो, नागरिकता अवैध ठहर गरिदियो र यससँगै उनले सम्हाल्दै आएको मुलुकको सबैभन्दा शक्तिशाली गृह मन्त्रालय र उपप्रधानमन्त्री पदसमेत समाप्त भयो। विश्वासमा परेका लामिछाने र ओली भोलिपल्टको फैशलापछि चकित परे।
भारतीय गुप्तचर संस्था र उसका नेपालस्थित एजेण्टहरु रविको विपक्षमा थिए भन्ने कुरा दुबै नेताहरुलाई राम्रोसँग थाहा भए पनि भारतीय जासुसी संयन्त्रसँग जोडिएका ती व्यक्तिबारे रविले किन र कसरी नजरअन्दाज गरे भन्ने कुरा भने रास्वपाका नेताहरु पनि द्विविधामा परेका छन्।
किनकि रविलाई गृहमन्त्रीको हैसियतमा राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट भारतीय जासुसहरुको संन्दिग्ध गतिविधि र लामिछानेको विपक्षमा उनीहरुले भूमिका खेल्न सक्नेबारे गोप्य सूचना दिइएको थियो। रास्वपा स्रोतले ती व्यक्तिको पहिचान भने गोप्य राखेर थप अनुसन्धान हुने जनाएको छ।
No ads found for this position

डिसी नेपाल
देश र जनता लाई रबि चाहेको हो पश्चिमा शक्ति मुर्दाबाद भ्रष्ट काङ्ग्रेस कमिनिस्ट पतन होस । 17000 मार्दा मुद्दा नलाग्ने मेरो देश मा आफ्नै देश को नागरिक लाई विभिन्न अबियो लागाउन मिल्दैन हो चोर हरु तिम्रा काला कर्तुत नेपालका जनता ले राम्रो सङ्ग बुझेका छन 3बर्ष तिम्रा रमिता गैर कानुमा पालेर राखेका भ्रष्ट हरु को दिन उल्टा बाट गनिन्छ्न ।हो रबि को गल्ती भएकै हो तर कसै को 1 पैसा र नेपाली जन्ता नै मारे को झै गरेको छैन ।बाकी धेरै छ के के भन्ने छोटो टिप्पणी रबि दाइ को शुभचिन्तक हुनाले भन्न बाधय भको हु ।हाल खाडी मुलुक कतार
घर सुदूरपश्चिम महेन्द्रनगर
आची र पाची छुट्याउन नसक्ने नेताहरु