पक्राउ परेका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी जेल चलान

डिसी नेपाल
२० माघ २०७९ ११:१७
544
Shares

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन्। बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन्।

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका उनलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

सोही फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार बाँके कोहलपुरबाट पक्राउ गरेको थियो। शुक्रबार बिहान उनलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो। अदालतबाट कैदी पुर्जी बुझेर उनी जेल चलान भएका हुन्।

उनी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *