रानी एलिजाबेथलाई मार्न भन्दै दरबारमा हतियारसहित पुगेका सिंह देशद्रोहमा दोषी ठहर

डिसी नेपाल
२१ माघ २०७९ ११:०९
1.3k
Shares

काठमाडौं । इङ्गल्याण्डको विन्डसर क्यासलमा हतियार लिएर जाने व्यक्तिलाई देशद्रोहको अभियोगमा दोषी ठहर गरिएको छ। ती व्यक्तिले सुरक्षा अधिकारीलाई भनेका थिए, ‘म रानीलाई मार्न आएको हुँ ।’

ह्याम्पशायरका जसवंत सिंह छेललाई सन् २०२१ को क्रिसमसको दिन (डिसेम्बर २५) ​​मा पक्राउ गरिएको थियो। त्यतिबेला महारानी एलिजाबेथ द्वितीय कोरोना महामारीका कारण विन्डसरमा बस्दै आएकी थिइन् ।

२१ वर्षीय जसवंत सिंहलाई अदालतले तीनवटा आरोपमा दोषी ठहर गरेको हो । उनी सन् १९८१ पछि बेलायतमा देशद्रोहको अभियोगमा दोषी ठहर हुने पहिलो व्यक्ति हुन्।

जसवन्त सिंहले ज्यान मार्ने धम्की दिने र रानीको निवासमा हतियार लिएर गएको कुरा स्वीकार गरेका थिए । उनलाई यही अदालतमा मार्च ३१ मा सजाय सुनाइनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *