सन्नी लियोनी सहभागी हुने फेशन शो स्थलमा बम विष्फोट !

डिसी नेपाल
२१ माघ २०७९ १२:१४

काठमाडौं । मणिपुरको इम्फाल पूर्वी जिल्लामा रहेको एक फेसन शो स्थलमा आज बिहान करिब ६ बजे बम विस्फोट भएको छ । यस विष्फोटमा कुनै मानवीय क्षति नभएको जिल्ला एसपीले बताए । यस फेसन शोमा अभिनेत्री सन्नी लियोनी पनि सहभागी हुने भएकी थिइन् ।

आज बिहान करिब ६ बजे इम्फाल पूर्वी जिल्लाको हाप्ता काङ्जीबुङस्थित फेसन शो स्थलमा बम विष्फोट भएको हो । जिल्ला एसपी महारबम प्रदीप सिंहले समाचार एजेन्सीलाई भने कि विस्फोटमा कोही घाइते भएको कुनै रिपोर्ट छैन। हामीलाई शंका छ कि यो चिनियाँ ग्रेनेड जस्तो उपकरण हो।

यस फेसन शोमा अभिनेत्री सन्नी लियोनी पनि सहभागी हुन लागेकी थिइन् । यो शो भोलि अर्थात फेब्रुअरी ५ मा हुने थियो । यसअघि मणिपुरको उखरुल जिल्लामा २५ जनवरीमा विस्फोट भएको थियो ।

साँझ करिब ५:३० बजे गान्धी सर्कलमा आईईडी मार्फत विष्फोट गराइएको थियो । विष्फोटबाट नजिकै पार्किङमा राखिएका गाडीमा क्षति पुगेको समाचार छ । स्रोतका अनुसार विस्फोट यति ठूलो थियो कि गान्धी सर्कलबाट २ किलोमिटर टाढा विनो बजारसम्म यसको आवाज सुनिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *