आजको मौसमः प्रदेश १ को हिमाली भू-भागमा हिमपातकाे संभावना
फाइल फाेटाे।
काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिउँसो भनेप्रदेश नं. १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं. १ को हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। उता राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं. १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै देशका तराईका भू-भागमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोधसमेत महाशाखाले गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment