यति नेपाली एशोसिशन यूकेको अध्यक्षमा पिपला देवान निर्विरोध
लण्डन। भारतमा बाहेक अन्य देशमा रहेकानेपाली सामाजिक संस्था मध्येको सबै भन्दा जेठो संस्थाका रूपमापरिचित यति नेपाली एशोशियसन युकेको २९ औं अधिवेशन सम्पन्न भएको छ।
लण्डनको ह्यारो फुटबल क्लबमा आईतबार सम्पन्न अधिवेशनबाट समाजसेवी पिपला पाण्डे देवानको नेतृत्वमा १७ सदस्य कार्य समिति निर्विरोध भएको छ।
कार्य समितिकाे महासचिवमा टंक भट्टराई , वरिष्ठ उपाध्यक्षमा सूर्यकुमार नेम्वाङ, उपाध्यक्षमा हिमाकुमारी गुरुङ, उपमहासचिवमा आशिष पन्त र कोषाध्यक्षमा पुण्य रेग्मी, त्यस्तै, सामाजिक सचिवमा रमेश अर्याल, खेलकुद सचिवमा राज पाण्डे, साँस्कृतिक सचिवमा दीपक मैथाने मगर र प्रकाशन सचिवमा आशिष महर्जन छन् भने सदस्यहरुमा अशोक ढकाल, सागर शर्मा, भिमतामाङ, जेनिश गिरी, सुष्मा पौडेल, मीनाकुमारी प्रधान र मनिकला राई गुरुङ सर्वसम्मत बनेका छन्।
नवनिर्वाचित अघ्यक्ष देवानले संस्थाले बिदेशमा रहेका नेपालीहरूलाई आपत विपद पर्दा सहयोग गर्ने उदेश्यले “आपतकालीन कोष“ स्थापना गर्ने प्रस्ताव गरेसँगै आइतबार हलबाट पाँच हजार पाउण्ड जम्मा भएको बताए।
कार्यक्रममा ओबिई डा.राधव धिताल, ग्रीनवीच बरोका काउन्सिलर जीत रानाभाट लगायतले मन्तव्य राख्नु भएको नवनिर्वाचितमहासचिव टंक भट्टराईले जानकारी दिए।
संस्थाका पूर्व अध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा सहित ६ सदस्य निर्वाचन समितिले निर्वाचन बिना सहमतिमा पदाधिकारीको टुंगो लगाएको थियो।
No ads found for this position


Facebook Comment