एमडिएमएस तत्काल लागु गर्न मोबाइल वितरक संघको माग

डिसी नेपाल
२५ माघ २०७९ १७:४८
112
Shares

काठमाडौं । नेपाल मोबाइल वितरक संघले मोबाईल डिभाइस म्यानजमेन्ट सिस्टम(एमडिएमएस) छिटो भन्दा छिटो लागू गर्न माग गरेको छ

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले एमडिएमएस रोकिदा अवैध फोन कारोबार गर्नेलाई फाइदा पुगकोे भन्दै छिटो भन्दा छिटो लागू गर्न माग गरेको हो । यसअघि पुष १५ गतेदेखि लागू हुने भनिएको एमडिएमएस अन्तिम समयमा आएर रोकिएको थियो ।

संघका अध्यक्ष दिनेश चुल्याद्योलेले एमडिएमएस प्रणाली नेपालमा भित्रने मोवाइलहरुको तथ्याङ्क राख्ने तथा नियमन गर्ने प्रणाली भएको र अहिल प्रणालीमा समस्या नभई कर व्यवस्थापनमा समस्या देखिएको बताए । एमडिएमएस लागू नहुँदा वार्षिक १४ अर्ब बराबरको अवैध भन्सार नतिरि फोनहरु भित्रने उनले दावी गरे । त्यस्तै उनले अहिले कर तिरेर कारोवार गर्ने व्यवसायीहरुको मोवाइल बिक्रि वितरणमा कमि आएको बताए । एमडिएमएस लागू भएमा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा गएका नेपाली नागरिकले ल्याउने वा पठाउने फोनमा समस्या आउने कुरा भ्रमपूर्ण रहेको उनको भनाइ छ

पत्रकार सम्मेलनमा नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक अच्युतानन्द मिश्रले एमडिएमएसलाई पूर्ण रुपमा लागू गर्न गृहकार्य नपुगेकाले तत्कालका लागि स्थगित गरिएको बताए । उनले एमडिएमएसको परिक्षणकालमा व्यक्तिगत भन्दा पनि अवैध बजारबाट भित्रिएका मोबाइलको दर्ता भएको देखिएको बताए ।

गत पुस १५ गतेदेखि दूरसञ्चार प्राधिकरणले एमडिएमएस कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । तर, विदेशबाट एक भन्दा बढी मोबाइल ल्याउन नपाइने नियमसँगै चौतर्फी विरोध पछि प्रधानमन्त्रीले एमडिएमएस रोक्न निर्देशन दिएका दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *