आत्महत्या दुरुत्साहनको आरोपमा भेरी नगरपालिका ६ का वडाध्यक्ष बुढा पक्राउ
सुर्खेत। जाजरकोट भेरी नगर कमिटीका सभापति तथा भेरी नगरपालिका ६ का वडाध्यक्ष शशि बुढालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति बुढाको २७ वर्षीया श्रीमती भावना बुढा घर्तीले आत्महत्या गरेपछि बुढालाई पक्राउ गरिएको हो।
मृतकका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ज्वाई बुढा पक्राउ परेका हुन्। आत्महत्या दुरुत्साहन सम्बन्धी उजुरी परेको प्रहरीले जनाएको छ।
घटनालाई मिलाउनका लागि नेपाली कांग्रेसको जिल्ला स्तरिय टिम लागेको छ भने नेकपा एमालेको टिमले कुनै हालतमा पनि अन्याय नसहने भन्दै कारबाहीको माग गर्दै पीडितको पक्षमा लागेको छ ।
मृतक वडाध्यक्ष बुढाकी कान्छी श्रीमती हुन्। वडाध्यक्ष बुढालाई प्रहरीले पक्राउ गरेपछि मात्र आज शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ। बुढा यो भन्दा पहिला पनि जुवातास खेलेको आरोपमा पक्राउ परेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment