सप्तरीमा एक महिलाले आफ्नै शरीरमा आगो लगाई गरिन् आत्महत्या
सांकेतिक तस्वीर
सप्तरी। सप्तरीमा एक जना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन्।
हत्या गर्नेमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ तेलियारी टोल बस्ने राजकुमार साहककी ४० वर्षीया श्रीमती राजुदेवी साह रहेकी छन्।
घरमा कोही नभएको बेलामा घर बाहिर रहेको शौचालयभित्र आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए।
उनले शरीरमा आगो लगाउनुको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment