श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ

डिसी नेपाल
१२ फागुन २०७९ १२:४३
156
Shares

उदयपुर। आफ्नै श्रीमती २० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-९ भचुवा बस्ने २७ वर्षीय बिनोद पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमासँगै घास काट्न गएको अवस्थामा खुकुरी प्रहार गरी आफैले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *