एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छः ओली

डिसी नेपाल
१२ फागुन २०७९ १४:४९
304
Shares

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् । उनले शनिबार एमालेका राष्ट्रपतिको उम्मेदवारले  मनोनय दर्ता गर्ने बताएका हुन् ।

शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनभित्रको किचलोका बारेमा जानकारी नभएको बताए । उनले भने, ‘बाहिर के भएको छ थाहा छैन । राष्ट्रपतिको निर्वाचनमा एमाले उम्मदवारी दिन्छ ।’

उनले सत्तासाझेदार दल माओवादी केन्द्रले कांग्रेससँग मिलेर पुरानै गठबन्धन ब्युँताउने तयारी गरिरहँदा ओली भने एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार दिने दाबी गरेका छन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले शनिबार मनोनयन दर्ता गर्ने दिन तोकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.