गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

डिसी नेपाल
१२ फागुन २०७९ १९:३३
540
Shares

चितवनरत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो। घटना आज दिउँसो १२ः२० बजेको हो। योसँगै चालु आवमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको मृत्यु भएको छ।

बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट दुई र गैँडाको आक्रमणबाट तीनको मृत्यु भएको निकुञ्जले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *