गान्धीवादी नेता स्व निधिको १०१औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो
जनकपुरधाम। नेपाली कांग्रेसका गान्धीवादी नेता स्व महेन्द्रनारायण निधिको १०१औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ।
त्यस अवसरमा आज नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ धनुषाको आयोजनामा भएको एक समारोहमा नेताहरुले गान्धीवादी नेता स्व निधिकै सपनाअनुसार बिपी कोइरालाले पनि मेलमिलाप र अहिंसाको बाटो अंगालेको बताए।
उनीहरुले पछिल्लो समय पनि नेता निधिको विचार, निष्ठा र आदर्शको औचित्य कायमै रहेकाले सामाजिक न्यायका पक्षधरले त्यसलाई अङ्गिकार गरेर जानुपर्ने धारणा राखे।
नेपाली कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य रामसरोज यादवले मानवाधिकार, लोकतन्त्र, समाजवाद र सामाजिक न्यायका पक्षपाती निधिकै आग्रहमा संस्थापक नेता कोइरालालगायतका नेता मिलमिलापको नीतिसहित नेपालमै बसेर तत्कालीन व्यवस्थाविरुद्ध लड्न तयार भएको स्मरण गरे।
उनले स्व निधिको आर्दश र सिद्वान्त अनुशरण गर्न छाड्नु कांग्रेसका लागि दुर्भाग्य हुने भन्दै सबै नेता कार्यकर्ताले उनको विचारलाई अनुशरण गर्दै अगाडि बढ्न जरुरी रहेको धारणा राखे।
पूर्वसांसद स्मृतिनारायण चौधरीले स्व नेता निधि सधैँ अनुशासन, नीति, नियम र असल आचरणको पर्याय भएकोले त्यसलाई शीरोधार्य गर्नु आजको आवश्यकता भएको बताए।
नेपाली कांग्रेस मधेस प्रदेशसभाका प्रमुख सचेतक कुमरकान्त झा, जनकपुरधामका पूर्व नगरप्रमुख बजरङ्गप्रसाद साह, नेता जगतसुन्दर साह, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्ण लगायतले स्व निधिको व्यक्तित्वमाथि चर्चा गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment