पोखरामा अत्याधिक पानी पर्दा अध्याँरो छायो

डिसी नेपाल
१४ फागुन २०७९ १४:५६
1.1k
Shares

पोखरा। पोखरामा आज कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ। दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि पोखरा सहरसहित यसका आसपास क्षेत्रमा अध्यारो छाएको हो।

यस अघि पोखरामा गत बिहीबार हिउँदे वर्षा भएको थियो भने त्यसपछि आज आइतबार असिनासहित ठूलो वर्षा भएको हो। लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिले पनि असिनासमेत पर्दा यहाँको किसानले लगाएका तोरी, गहुँ, फापर र तरकारीबालीलाई भने क्षति पुगेको छ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले अचानक परेको असिना पानीले गरेको क्षतिबारे बुझ्ने कार्य जारी रहेको जानकारी दिए। उनका अनुसार यसरी बर्षा हुँदा सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहात मिलेको भए पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको छ।

असिना पानीले कुनै क्षेत्रमा लगाइएका बालीलाई नोक्सान पुर्‍याए पनि लामो समयपछि परेको पानीले समग्र हिउँदेबाली, फलफूललगायत बालीलाई राम्रो हुने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *