ऋणमा डुबेको श्रीलंकालाई राहत दिन चीनले हात बढायो
काठमाडौं । श्रीलंकालाई ऋणबाट मुक्त गर्न चीनले सहयोगको प्रस्ताव गरेको छ ।
श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले चीन सरकारले ऋणको पुनर्संरचनामा सहयोग गर्ने आश्वस्त पारेको भन्दै आईएमएफबाट २.९ अर्ब अमेरिकी डलरको बेलआउट प्याकेज सजिलै प्राप्त गर्न सक्ने बताएका छन् ।
जनवरीमा भारतले पनि श्रीलंकालाई आईएमएफबाट ऋण लिन मद्दत गरेको थियो।
विक्रमासिङ्घेले संसदमा भने, “हिजो राति हामीले चीनको एक्जिम बैंकबाट नयाँ पत्र प्राप्त गर्यौं। मैले र केन्द्रीय बैंकका गभर्नरले पत्रमा हस्ताक्षर गरी हिजो राति नै अन्तर्राष्ट्रिय मुद्रा कोषमा पठाएका छौं।”
उनले यही महिनाको तेस्रो वा चौथो सातासम्म आईएमएफले आफ्नो जिम्मेवारी पूरा गर्ने र यससँगै विश्व बैंक र एडीबीबाट पैसा लिन सक्नेमा आशावादी रहेको बताए ।
वास्तवमा, आईएमएफले श्रीलंकाको करिब ५० अर्ब डलरको ऋणलाई ध्यानमा राखेर पुनर्संरचना गर्ने कुरा गरेको थियो, जसका कारण उसले बेलआउट प्याकेजको गतिलाई सुस्त बनाएको थियो।







डिसी नेपाल







Facebook Comment