किम जोङ-उनकी बहिनीले अमेरिकालाई चेतावनी दिइन्

डिसी नेपाल
२४ फागुन २०७९ ११:३०
120
Shares

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनकी बहिनी किम यो जोङले मङ्गलबार आफ्नो देश अमेरिका र दक्षिण कोरियाविरुद्ध कडा र छिटो कारबाही गर्न तयार रहेको चेतावनी दिएकी छन्।

यो बयान अमेरिकाले आणविक सक्षम बी-५२ बमवर्षक उडाएको एक दिन पछि आएको हो।

सोमबार संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले संयुक्त अभ्यासका क्रममा कोरियाली प्रायद्वीपमा बी-५२ बमवर्षक उडाए। दुवै देशका सेनाले यसै महिनाको अन्त्यमा सबैभन्दा ठूलो अभ्यास पुनः सुरु गर्ने तयारी पनि गरेका छन् ।

समाचार एजेन्सी एपीका अनुसार किम यो जोङले आफ्नो देशले कस्तो कारवाही गर्न सक्छ भन्ने आफ्नो बयानमा विस्तृत रूपमा बताएकी छैनन्।

यद्यपि, उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासको जवाफमा प्रायः क्षेप्यास्त्र परीक्षण गर्दछ, किनभने यो विश्वास गर्दछ कि त्यस्ता सैन्य अभ्यासहरूबाट उसलाई तर्साउन खोजिएको छ।

किम यो-जोङले विज्ञप्तिमा भनेकी छिन्, “हामी अमेरिकी सेना र दक्षिण कोरियाली कठपुतली सेनाको गतिविधिलाई निगरानी गर्छौं र छिटो र बलपूर्वक जवाफ दिन सधैं तयार छौं।” यस्तो अभ्यासलाई नजरअन्दाज गर्न नसकिने उनको भनाइ छ ।

किम यो-जोङ उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनकी एक्ली र कान्छी बहिनी हुन्। सन् १९८७ मा जन्मिएकी यो जोङ किमभन्दा चार वर्ष कान्छी छिन् । दुबैले स्विजरल्याण्डको बर्नमा सँगै पढेका थिए ।

यो-जोङ २०१८ मा चर्चामा आएकी थिइन् जब उनी दक्षिण कोरिया भ्रमण गर्ने किम वंशको पहिलो सदस्य बनिन्। उनी शीतकालीन ओलम्पिक खेल्न जाने प्रतिनिधिमण्डलको सदस्य थिइन् । यस ओलम्पिकमा उत्तर र दक्षिण कोरिया संयुक्त टोलीको रूपमा मैदानमा उत्रेका थिए।

उनले आफ्नो दाजुसँग अन्तर्राष्ट्रिय सम्मेलनको लागि पनि काम गरेकी छन्। जसमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाट समावेश छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *