दुई युवा शाहरुख खानको बंगलाको मेकअप रुममा आठ घण्टा लुकेर बसेका थिए

डिसी नेपाल
२४ फागुन २०७९ १४:२१
1.6k
Shares

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बंगला ‘मन्नत’ भित्र घुसपैठ गरेको आरोपमा गत हप्ता दुई युवा पक्राउ परेका थिए ।

मुम्बई प्रहरीले प्रारम्भिक अनुसन्धानपछि यी दुई युवा शाहरुखको मेकअप रुममा करिब आठ घण्टासम्म लुकेको बताएको थियो ।

पुलिसले भन्यो, “दुबै आरोपी शाहरुख खानलाई भेट्न उनको बंगलामा प्रवेश गरे र कलाकारलाई मेकअप रुममा करिब आठ घण्टासम्म पर्खिरहेका थिए।

उनीहरु बिहान करिब ३ बजे बंगलामा पसेका थिए जहाँ उनीहरुलाई १०.३० बजे समातिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै युवक पर्खाल हाम फालेर बंगलामा प्रवेश गरेका थिए ।

दुबै युवकको पहिचान साहिल सलिम खान र राम सराफ कुशवाहाको रूपमा भएको छ।

प्रहरी सोधपुछका क्रममा ती युवकले आफ्नो उमेर २० र २२ वर्ष बताएको र गुजरातको भरुचबाट शाहरुख खानलाई उनको बंगलामा भेट्न खोज्दै पुगेको र त्यहाँ सुरक्षा गार्डले समातेर प्रहरीलाई बुझाएको पनि बताए ।

अहिले प्रहरीले दुवै युवालाई सोधपुछ गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *