पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बर्दिबास महोत्सव हुने
महोत्तरी। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा महोत्सव आयोजना हुने भएको छ। आउँदो ३–११ चैतसम्म हुने महोत्सवमा नगरभित्रका प्राचीन महत्व बोकेका धार्मिक देवालयहरुको तस्बिर र क्याप्सनसहितका फोटो प्रदर्शनीदेखि लिएर भिडियो डकुमेन्ट्रीसमेत देखाइनेछ।
नगरको क्षेत्रका चुरे पडाडको पर्यटकीय सम्भावनाको खोजीसहित शब्द, चित्रपनि प्रस्तुत गरिने उधोग वाणिज्य संघ बर्दिबासका माहासचिव उत्तम श्रेष्ठले जानकारी दिए।
बर्दिबास उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवको लागत ५५ लाख लाग्ने अनुमान गरिएको छ। महोत्सवमा राष्ट्रिय कलाकारभन्दा स्थानीय कलाकारलाई प्राथमिकता दिइनेछ।
‘उद्योग व्यवसाय र कलाको विकास गराँै, साहित्य, संस्कृतिको संरक्षण र प्रवर्द्धन गरौँ,’ भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा १७० वटाभन्दा बढी स्टलहरु राखिने उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment