नेदरल्याण्ड्समा चिनियाँ चिपको समस्या, प्रतिबन्ध लगाउने प्रस्ताव
काठमाडौं । नेदरल्यान्ड्स सरकारले गर्मी भन्दा पहिले देशको सुरक्षाको हितमा देशका “सबैभन्दा उन्नत” चिप निर्यातकहरूलाई प्रतिबन्ध लगाउने बताएको छ। अमेरिकाले यसअघि पनि चीनमाथि यस्तो प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्ध लाग्ने निर्यातकर्तामा चीनको कम्प्युटर चिप निर्माता कम्पनी एएसएमएलको नाम समावेश छ। यो चिनियाँ कम्पनीले विश्वव्यापी माइक्रोचिप आपूर्ति श्रृंखलामा निकै महत्वपूर्ण स्थान ओगटेको छ।
फोनदेखि सैन्य हार्डवेयरसम्म सबै कुरामा प्रयोग हुने सेमिकन्डक्टर चीन र अमेरिकाबीचको विवादको कडी बनेको छ।
नयाँ नियम अन्तर्गत, कम्पनीहरूले पहिले ‘सबैभन्दा उन्नत डीप अल्ट्रा भायोलेट (डीयुभी) प्रणालीहरू’ लगायतका प्रविधिहरू निर्यात गर्न लाइसेन्सको लागि आवेदन दिनुपर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment