कार्यालयमा भएको विस्फोटमा तालिवान गभर्नरको मृत्यु

डिसी नेपाल
२७ फागुन २०७९ १०:२८
236
Shares

काठमाडौं । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तका तालिवान गभर्नरको बम विस्फोटमा मृत्यु भएको छ । उनको कार्यालयमा बम विष्फोट भएको हो ।

सन् २०२१ मा तालिबान सत्तामा आएपछि मारिने तालिबान नेताहरूमध्ये गभर्नर मोहम्मद दाउद मुजम्मिल सबैभन्दा वरिष्ठ अधिकारी थिए।

अफगानिस्तानमा हिंसा लगातार घटेको छ, तर तालिबान समर्थक नेताहरू आक्रमणमा मारिने क्रम जारी छ। इस्लामिक स्टेटले धेरै आक्रमणको जिम्मेवारी लिएको छ।

आक्रमणको कारण खुल्न नसकेको स्थानीय प्रहरीले जनाएको छ । यस आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

यद्यपि तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्वीटरमा गभर्नरको “इस्लामका शत्रुहरूले गरेको विस्फोटमा मृत्यु भएको” बताएका छन्। अनुसन्धान भइरहेको उनले बताए ।

मुजम्मिलले यसअघि नान्गाहार प्रान्तमा गभर्नरका रूपमा इस्लामिक स्टेट लडाकुहरू विरुद्धको लडाइको नेतृत्व गरेको बताइएको छ। उनी गत असोजमा बल्ख आएका थिए ।

बल्ख प्रहरीका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले बिहान करिब ९ बजे गभर्नरको कार्यालयको दोस्रो तल्लामा विस्फोट भएको बताए । यसबाट कम्तीमा पनि एक जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *