सी जिनपिङले आफ्ना निकट मित्र ली कियाङलाई चीनको नयाँ प्रधानमन्त्री नियुक्त गरे

डिसी नेपाल
२७ फागुन २०७९ १४:४४
36
Shares

काठमाडौं । चिनियाँ संसदले शनिबार राष्ट्रपति सी जिनपिङका नजिकका सहयोगी ली कियाङलाई आगामी प्रधानमन्त्रीको रूपमा नियुक्त गरेको पुष्टि गरेको छ।

ली कियाङले विगत १० वर्षदेखि चीनका प्रधानमन्त्री रहेका ली केकियाङको स्थान लिनेछन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ आफैंले ली कियाङको नाम प्रस्ताव गरेका थिए, जसलाई राष्ट्रिय जन कांग्रेस (एनपीसी) ले अनुमोदन गरेको छ।

ली कियाङ ६३ वर्षका छन्, जसलाई व्यापारीहरूको हितमा काम गर्ने राजनीतिज्ञ मानिन्छ र जो सी जिनपिङका नजिकका साथीहरूमध्ये एक हुन्।

यसअघि शुक्रबार सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका थिए ।

प्रारम्भिक दिनहरूमा चीनको क्षेत्रीय राजनीतिमा ली कियाङ जिनपिङसँग थिए। त्यसपछि उनी उपराष्ट्रपति भएर केन्द्रमा सत्तामा आए । कियाङ सांघाईमा पार्टीको प्रमुख पनि भइसकेका छन्।

कोरोनासँग लड्न उनले एक महिनाभन्दा बढी समयदेखि लकडाउन लगाएर करिब २ करोड ६ लाख मानिसलाई घरमै थुनेका थिए । यो नीतिको देश विदेशमा जताततै आलोचना भएको थियो ।

ली कियाङलाई प्रधानमन्त्री बनाउनुको सबैभन्दा ठूलो कारण निजी क्षेत्रमा विदेशी लगानी बढाउन सहयोगी साबित हुने विश्वास गरिन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *