युक्रेन युद्ध: रुसी रकेट आक्रमणमा एक जनाको मृत्यु, तीन घाइते

डिसी नेपाल
१ चैत २०७९ १३:१८
20
Shares

काठमाडौं । युक्रेनी अधिकारीहरुका अनुसार रुसले पूर्वी सहर क्रामाटोर्स्कमा रकेट आक्रमण गरेको छ । आक्रमणमा एक जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना घाइते भएका छन् ।

यस हमलामा छवटा आवासीय भवनमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्। यो सहर बख्मुतको उत्तरपश्चिम क्षेत्रमा छ।

बख्मुतमा लामो समयदेखि चर्को युद्ध चलिरहेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बख्मुत र देशको पूर्वी भागको अवस्था “पीडादायी र कठिन” भएको बताएका छन्।

बेलायतको मिलिटरी इन्टेलिजेन्सले आफ्नो हालैको मूल्याङ्कनमा रुसी सेनासँग गोला बारुदको अभावका कारण यस क्षेत्रमा खासै सफलता नपाएको बताएको थियो । उनीहरुले राशन पनि कम पाउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *