अर्जेन्टिनामा महंगी दर शत प्रतिशत भन्दा माथि

डिसी नेपाल
२ चैत २०७९ ११:१४
12
Shares

काठमाडौं । अर्जेन्टिनामा महंगी दर १०० प्रतिशत नाघेको छ । ९० को दशकमा उच्च महंगीको युगपछि यस्तो अवस्था आएको यो पहिलो पटक हो ।

देशको तथ्याङ्क निकायका अनुसार फेब्रुअरीमा महंगी बढेर १०२.५ प्रतिशत पुगेको छ । अर्थात् २०२२ को तुलनामा सामानको मूल्य दोब्बर भएको छ ।

अर्जेन्टिना विगत केही वर्षदेखि आर्थिक संकटबाट गुज्रिरहेको छ र देशका अधिकांश जनता गरिबीमा बाँचिरहेका छन् ।

सरकारले वस्तुको मूल्यमा सीमा तोकेर घटाउन खोजे पनि महंगी नियन्त्रण गर्न सकेको छैन ।

जनवरीको तुलनामा फेब्रुअरीमा खाद्यवस्तुको मूल्यमा ९.८ प्रतिशतले वृद्धि भएको छ ।

रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै ब्यूनस आयर्स नजिकै बस्ने ७४ वर्षीया डेविताले भनिन्, “म त्यस दिन तीनवटा ट्याङ्गेरिन, दुईवटा सुन्तला र एक किलो टमाटर किन्न आएकी थिएँ। पसलले मलाई ६५० पेसो मागेको थियो। मैले भनेँ, सबै निकालेर टमाटर मात्र देऊ मसँग त्यति पैसा छैन ।”

गत सेप्टेम्बरमा अर्जेन्टिनामा महंगीलाई लिएर प्रदर्शन पनि भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *