रुसी राष्ट्रपति पुटिनविरुद्ध अन्तर्राष्ट्रिय अदालतद्वारा पक्राउ पुर्जी जारी

डिसी नेपाल
३ चैत २०७९ २२:३०
332
Shares

काठमाडौं । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादमिर पुटिन विरुद्ध पक्राउ पुजी जारी गरेको छ । अदालतले शुक्रबार युक्रेन आक्रमणमा दोषी ठहर गर्दै पुटिन विरुद्ध पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ ।

आईसीसीले एक विज्ञप्ति जारी गर्दै पुटिनविरुद्ध युद्ध अपराधको अभियोग साथसाथै बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाएको आरोपमा पक्राउ पुर्जी जारी गरिएको बताएको छ ।

पक्राउ पुर्जीबारे टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले उक्त फैसला आफ्नो देशका लागि कानुनी रुपमा कुनै अर्थ नभएको बताएकी छन् । तर युक्रेनले भने उक्त फैसला ऐतिहासिक भएको बताउँदै यो सुरुवात मात्रै भएको जनाएको छ । रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *