रुसको सेन्ट पिटर्सबर्गको क्याफे विस्फोटमा ब्लगरको मृत्यु, धेरै घाइते

डिसी नेपाल
२० चैत २०७९ ११:३३
56
Shares

काठमाडौं । सेन्ट पिटर्सबर्गको एउटा क्याफेमा भएको विस्फोटमा रुसी सेनाका मुख्य ब्लगरको मृत्यु भएको छ । रुसको आन्तरिक मन्त्रालयले ब्लगर भ्लाडलेन टाटारस्कीको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार स्ट्रिट बार क्याफेमा भएको विस्फोटमा कम्तीमा १६ जना घाइते भएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोमा सडकमा विस्फोट र घाइते भएका मानिसहरु देखिएका छन् । भ्लाडलेनको वास्तविक नाम म्याक्सिम फोमिन थियो। उनले युक्रेनमा रुसको आक्रमणलाई कडा समर्थन गर्दै आएका थिए ।

उनले युक्रेनको फ्रन्टलाइनबाट रिपोर्टिङ गरे। गत वर्ष एउटा भिडियोलाई लिएर निकै चर्चा भएको थियो ।

यो भिडियोमा उनले भनेका थिए, “हामी सबैलाई हराउनेछौं, सबैलाई मार्नेछौं।”

रुसको समाचार एजेन्सी आरआईएले मन्त्रालय स्रोतलाई उद्धृत गर्दै भ्लाडलेनलाई एउटा बक्स उपहारस्वरूप दिइएको बताएको छ । त्यसमा बम लुकाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *