आफूविरुद्ध फौजदारी अभियोगमा मंगलबार हुने सुनुवाइको लागि ट्रम्प ‘तयार’
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हुने अदालतको सुनुवाइका लागि ‘तयारी’ गरेका छन् । उनका वकिलले यस्तो बताएका हुन् ।
सुनुवाईका लागि ट्रम्प सोमबार फ्लोरिडास्थित आफ्नो निवासबाट न्यूयोर्क शहर पुग्ने विश्वास गरिएको छ । न्युयोर्कको ग्रान्ड ज्युरीले पोर्न स्टारको मुख बन्द गर्न ट्रम्पले पैसा दिएको मुद्दाको सुनुवाइ गर्नेछ।
ट्रम्पले सुनुवाइपछि फ्लोरिडा फर्कने र त्यसपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने योजना बनाएका छन्। ट्रम्पले आफूमाथि लगाइएको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएका छन् ।
उनका वकिल जो टाकोपिनाले पूर्व राष्ट्रपति विरुद्ध लगाइएका कुनै पनि आरोपको कडा प्रतिवाद गरिने बताएका छन् ।
आइतबार अमेरिकी च्यानल एबीसीलाई दिएको अन्तर्वार्तामा उनले भने– ‘ट्रम्प त्यो व्यक्ति हुन् जो यो लडाईका लागि पूर्ण रूपमा तयार हुनेछन् । हामी यो लडाइँका लागि तयार छौं र म उहाँलाई यस मुद्दामा चाँडोभन्दा चाँडो सफाइ दिलाउन चाहन्छु।’
मिडिया रिपोर्टका अनुसार यो मामला व्यापार ठगीसँग सम्बन्धित छ। आरोपका अनुसार सन् २०१६ मा पोर्न स्टार स्टर्मी डेनियललाई ट्रम्पले आफूसँगको कथित अफेयरको बारेमा मुख बन्द राख्न १३०,००० डलर दिएका थिए । यस मामलामा, ट्रम्प विरुद्ध ३० आरोप लगाइनेछ।
उनी विरुद्धको अभियोगहरू अझै सिलबन्दी छ । उनीहरुलाई मंगलबार अदालतमा औपचारिक रुपमा उपस्थित गराइनेछ ।
कानून प्रवर्तन अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार च्यानल सीबीएस न्यूजलाई भनेका छन् कि ट्रम्पलाई न्यूयोर्क जाने क्रममा अमेरिकी गुप्तचर सेवाका सदस्यहरूले सुरक्षा दिनेछन्।







डिसी नेपाल







Facebook Comment