मन्त्रीले वयस्क म्यागजिन प्लेब्वायका लागि बोल्ड फोटोशूट गराएपछि…
काठमाडौं । फ्रान्सेली सरकारमा सामाजिक अर्थतन्त्र सम्हाल्ने मन्त्रीले वयस्क म्यागजिनको कभरमा बोल्ड पोज दिएर आफ्नो सरकार मात्र नभई सारा विश्वलाई नै चकित पारेकी छन् । वास्तवमा, ४० वर्षीया मन्त्री मार्लेन शियाप्पा प्ले ब्वाय म्यागजिनको कभरमा देखा परेकी छिन् ।
यो म्यागजिन महिलालाई यौनजन्य वस्तुको रूपमा प्रस्तुत गर्नका लागि विश्वभर प्रसिद्ध छ । यो म्यागजिनको कभरमा आएर फोटोसुट गराएपछि फ्रान्समा उनको निकै आलोचना भइरहेको छ । त्यहाँ प्रधानमन्त्री एलिजाबेथ बोर्न र अन्य मन्त्रीहरूले यसलाई लाजमर्दो कार्य भनेका छन्।
प्लेब्वाय पत्रिकाको कभरमा देखिनुका साथै मन्त्री मार्लेनले समलिङ्गी र महिला अधिकारका बारेमा १२ पृष्ठको अन्तर्वार्ता पनि दिएकी छिन् । सामाजिक सञ्जालमा प्लेब्वाय म्यागजिनको कभर सेयर गर्दै मार्लेनले लेखेकी छिन्, ‘महिलालाई आफ्नो शरीरमा पूर्ण अधिकार छ, उनीहरु आफ्नो शरीरसँग जे चाहन्छन् त्यो गर्न स्वतन्त्र छन् ।’
प्लेब्वाय म्यागजिनको कभरमा देखापरेको मामिलामा आफ्नो बचाउ गर्दै उनले ‘फ्रान्समा महिला स्वतन्त्र छन्, पिछडिएको विचारधारालाई यो समस्या छ भने जारी राख्न सक्छन्’ लेखिन् ।

फ्रान्समा अवकाशको उमेर बढाएको विरोधमा केही सातादेखि हिंसात्मक प्रदर्शन भइरहेको छ। यसैबीच, प्लेब्वायजस्ता म्यागजिनका लागि सरकारका मन्त्रीको फोटोशूटले सबैलाई सताएको छ ।
विपक्षी दलका नेताले मार्लेनको यो कदमले फ्रान्सका जनताको सम्मानमा चोट पुगेको बताए । उनले भने – जनता सडकमा उत्रिएका छन्, महँगीका कारण खानाको ब्यबस्थापन गर्न मुस्किल परेको छ । यी सबैको बीचमा मन्त्रीले यस्ता गतिविधि गरिरहेका छन् ।
प्लेब्वाय म्यागजिनले मार्लेनलाई समर्थन गरेको छ। उसले भनेको छ कि सबै मन्त्रीहरू मध्ये, मार्लेन प्लेब्वायको कभरमा हुनका लागि सबैभन्दा उपयुक्त थिइन् । उनले लामो समयदेखि महिला अधिकारका लागि काम गरिरहेकी छिन् । प्लेब्वाय म्यागजिन सफ्ट पोर्न होइन, यो महिला अधिकारको आवाज बन्न सक्छ।







डिसी नेपाल







Facebook Comment