राहुल गान्धीले आफ्नो पद खारेज गर्ने फैसलाविरुद्ध आज पुनरावेदन गर्ने

डिसी नेपाल
२० चैत २०७९ १४:२६
112
Shares

काठमाडौं । २३ मार्चमा सुरतको अदालतले राहुल गान्धीलाई मोदी थरसँग सम्बन्धित मानहानी मुद्दामा दोषी ठहर गरेको थियो। त्यसको भोलिपल्ट अर्थात मार्च २४ मा राहुलको लोकसभा सदस्यता पनि रद्द गरियो।

अब सोमबार राहुल गान्धीले सुरतको सत्र अदालतमा यस निर्णयको विरुद्धमा याचिका दायर गर्न लागेका छन्। उनी दिल्लीस्थित आफ्नो निवासबाट सुरत प्रस्थान गरेका हुन् ।

राहुल गान्धीसँगै राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल र हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखु पनि सुरत जाँदैछन् ।

यस मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो । राहुललाई फैसलाविरुद्ध अपिल गर्न ३० दिनको समय दिइएको थियो । यदि उच्च अदालतले राहुल गान्धीमाथिको फैसलालाई कायम राख्यो भने उनले आगामी आठ वर्षसम्म चुनाव लड्न पाउने छैनन्।

सन् २०१९ मा राहुल गान्धीले कर्नाटकको कोलारमा मोदी थरमाथि टिप्पणी गरेका थिए । यसपछि भाजपा विधायक पूर्णेश मोदीले यस विषयमा मुद्दा दायर गरेका थिए। जसमा २३ मार्चमा फैसला सुनाइएको थियो र राहुल गान्धीलाई दोषी घोषित गरिएको थियो ।

संसदको नियमअनुसार कुनै पनि मुद्दामा सांसद दोषी पाइएमा निजको सदस्यता खारेज हुन्छ । अदालतले यस मामिलामा राहुल गान्धीलाई दोषी ठहर गरेपछि २४ घण्टाभित्रै यस नियम अन्तर्गत उनीविरुद्ध कारबाही गरिएको थियो।

केही दिन पछि, राहुल गान्धीलाई आफ्नो सरकारी निवास १२, तुगलक रोड खाली गर्न आदेश दिइएको थियो। व्यापारी गौतम अडानी र प्रधानमन्त्रीसँगको सम्बन्धबारे संसदमा प्रश्न उठाउँदै आएकाले राहुल गान्धीमाथि गरिएको यो कारबाही राजनीतिक रूपमा प्रेरित भएको कांग्रेसको आरोप छ । आरएस चीमा यस मुद्दामा राहुल गान्धीको वकिल हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *