के पाकिस्तानको सर्वोच्च अदालतको फैसला इमरान खानको जित हो ?

डिसी नेपाल
२२ चैत २०७९ ११:०४
456
Shares

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले मंगलबार पाकिस्तानको निर्वाचन आयोगको निर्णयलाई असंवैधानिक भनेको छ । यो निर्णयमा निर्वाचन आयोगले पञ्जाब र खैबर पख्तुनख्वामा अक्टोबर ८ सम्मका लागि चुनाव स्थगित गर्ने आदेश दिएको थियो।

अदालतले मे १४ मा निर्वाचनको मिति तोकेको छ । सर्वोच्च अदालतले निर्णयमा भनेको छ, “पाकिस्तानको निर्वाचन आयोगले २०२३ मार्च २२ मा गरेको विवादित आदेशलाई असंवैधानिक घोषित गरिएको छ।”

अदालतले निर्वाचन आयोगलाई ९० दिनभन्दा बढी निर्वाचन स्थगित गर्ने अधिकार नरहेको जनाएको छ । पहिलो निर्वाचन अप्रिल ८ मा हुने थियो । तर निर्वाचन आयोगले अक्टोबर ८ मा गर्ने निर्णय गरेको थियो ।

यो निर्णयलाई इमरान खानको जितका रुपमा हेरिएको छ । इमरान खानका वकिलले पाकिस्तानको अखबार डनलाई भने, “इमरान खानको बढ्दो लोकप्रियताका कारण उनीहरू हारको डरमा छन् र यो आदेश कार्यान्वयनमा ढिलाइ गर्न सक्दो प्रयास गर्नेछन्, उनले यसबारे बहाना बनाइरहनेछन्।”

इमरान खानको पार्टीले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *