संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुंगियो
काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा वुधबार बिहान सिंहदरबारमा बसेको संबैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको हो।
तत्कालिन प्रधानन्यायधिस चोलेन्द्र शर्मामाथि महाअभियोग लागे पछि लामो समयसम्म कायम मुकायम प्रधानन्यायधिसवाट सर्वोच्च अदालत चल्दै आएकोमा संबैधानिक परिषदको बैठकसँगै नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment