मंसिरको निर्वाचनमा चितवन २ का मतदाताले गरेको गल्ती सच्याउनेछन् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर २ का जनताले गत मंसिर ४ गतेको निर्वाचनमा गल्ती गरेको बताएका छन् ।
चितवन २ को उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार जीत नारायण श्रेष्ठका लागि गठबन्धन दलहरुको चुनावी सभामार्फत मत माग्दै प्रधानमन्त्री दाहालले यसपटक चितवन २ का वासिन्दाले उक्त गल्ती सच्याउने विश्वास व्यक्त गरे ।
चितवनको कालिकामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएको प्रभावलाई खहरेको संकेत दिए । उनले खहरेसंग डराउन आवश्यक नभएको बताउँदै काँग्रेस, माआवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको गठबन्धन नारायणी नदी जस्तो भएको दावी गरे ।
प्रधानमन्त्री प्रचण्डले आफुलाई नेकपा एमालेसंग भन्दा पनि काँग्रेससंग सरकार चलाउनु सहज भएको पनि चर्चा गरे ।







डिसी नेपाल







Facebook Comment