रवि लामिछानेलाई नेता चयन गर्न संसदीय दललाई रास्वपाको सिफारिस

डिसी नेपाल
१८ वैशाख २०८० १५:०८
292
Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा सांसद रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारिस गरेको छ।

सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

१० वैशाखमा भएको उपनिर्वाचनमा लामिछाने चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.