भक्तपुर आगलागी :  दुई करोड २९ लाखको क्षति

डिसी नेपाल
२ जेठ २०८० ७:३४
304
Shares

भक्तपुर। आइतबार साँझ यहाँ भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन्।

सूर्यविनायक नगरपालिका-५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखाना आगलागी भएको थियो।

प्रहरी परिसर भक्तपुरले दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमबार दिनभर लगाएर घटनाको मुचुल्का गरी क्षति विवरण संकलन गर्दै क्षतिको मूल्यांकन गरी साँझ क्षति विवरण सार्वजनिक गरेको हो।

न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा सुरुमा आइतवार साँझ सवा ७ बजे अचानक आगलागी सुरु भएर त्यहीँ आगो फैलिँदै घर र सँगैको कृपालु फर्निचरमा समेत आगलागी हुँदा मानवीय क्षति नभए पनि तयारी फर्निचर, कच्चापदार्थ, मेसिन, केमिकल, कार, घर, नगद तथा जिन्सी लगायतका सामान जलेर नष्ट हुँदा दुई करोड २९ लाख बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।

आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासीको सहयोगमा राति १० बजेर ३० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *