जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै छानबिन समिति बनाउनुपर्ने सांसद दाहालको माग
काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन्।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले अख्तियारले समय यस बिषयमा अनुसन्धान गरिरहेको र आफुले त्यही बिषयमा सदनमा कुरा राखेको समेत बताए।
उनले सदनमा शिष्टतापूर्वक केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको भ्रष्टाचारहरुको फेहरिस्त बताएको र आफुले कुनै संसदीय मर्यादा उलंघन नगरेको जिकिर गरे।
एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्ने सन्दर्भमा आफुले एमाले सरकारको पालामा भएका भ्रष्टाचारका काण्डहरुलाई आफुले उजागर गरेको उनले बताए।
उनले आफुले तथ्यका आधारमा नै भ्रष्टाचारको बिषय उठाएको र अहिले एमालेले अनावश्यक रुपमा सोहि मुद्दालाई उठाएर सदन अवरुद्ध गरेको जिकिर गरे । पशुपतिमा जलहरी राखेको बिषयमा एमालेमाथि तथ्यहिन आरोप लगाएको भन्दै एमालेले शुक्रबार सदन अवरुद्ध गरेको थियो ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment