शरणार्थी प्रकरणमा एक बर्षअघि नै उजुरी आएपछि गुपचुप मिलाउन खोजेको ओलीको आरोप
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले एमालेमाथि आधारहीन आरोप लगाएर जनतामा भ्रम पार्ने काम गरेको बताएका छन्।
शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा ओलीले सत्तापक्षले नियोजित रुपमा आधारहित आरोप लगाएर संसद जस्तो गरिमामय ठाँउबाट एमालेबिरुद्ध जनतामा भ्रम पार्ने काम गरेको बताएका हुन्।
आफुले जिन्दगीभरि भ्रष्टाचार अभियान चलाएर आएको भन्दै इमानका शत्रुहरुले तथ्यहिन आरोप लगाउन खोजको उनले बताए। अध्यक्ष ओलीले पशुपतिको जलहरी र औषधीमा भ्रष्टाचार भएको बिषयमा पुष्टि हुने कुनै आधार नै नभएको भन्दै संसद अवरुद्ध गर्नुपरेको जिकिर गरे।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले र आफु नजिक भएका व्यक्तिहरुको नाम पोल्न लगाएको र प्रचार गर्न लगाएको टिप्पणी गरे।
शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेपनि एमालेतर्फ बाढी फर्काउन खोजेको उनको भनाइ छ । ओलीले एक बर्ष अघि नै शरणार्थी प्रकरणमा उजुरी आएपछि गुपचुप राखेर मिलाउन खोजेको आरोप लगाए। उनले एमालेबिरुद्ध हिलो छ्याप्ने र आरोपित गर्ने प्रयास हुनसक्ने भन्दै सजक हुनुपर्ने बताए।
उनले आफु पूर्व जादा ढुङ्गा हानेर मार्ने प्रयास गरेपनि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको र सरकारले नै हिंसालाई बढावा गरिरहेको बताए। ओलीले वर्तमान सरकारको भूमिका एमालेको विरुद्धमा काम गर्ने मात्रै रहेको पनि बताए।







डिसी नेपाल







Facebook Comment