स्कुलको छात्रावासभित्र विद्यार्थी मृत फेला

डिसी नेपाल
१७ जेठ २०८० १३:१९
488
Shares

काठमाडौं। काठमाडौंको नयाँबजारस्थित एक स्कुलको छात्रावासभित्र विद्यार्थी मृत फेला परेपछि त्यसक्षेत्र तनावग्रस्त भएको छ।

इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी मृत फेला परेपछि अभिभावकहरुले स्कूलका विरुद्ध नारावाजी गर्दै प्रर्दशनमा उत्रिएका छन्।

धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका हुन्। उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गएराति मृत फेला परेको थिए। सोह्रखुट्टे प्रहरीका अनुसार उनको शवलाई पोष्तमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ। मृत्युको कारण खुलिसकेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर अहिले त्यसक्षेत्रमा अभिभावक र विद्यार्थी र सर्वसाधारण जम्मा भएर प्रर्दशन गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *